समाचारबुधबार, चैत्र ३, २०७२
दुईदिनदेखि हराइरहेका व्यवसायी रेग्मी मृत फेला
१ चैत अपराह्नदेखि वेपत्ता भएका पाँचथर, रवि बजारका व्यवसायी दिनेश रेग्मी मृत भेटिएका छन् ।
उनलाई प्रहरी र स्थानीयले पाँचथरको रविसँग सिमाना जोडिएको इलाम फुँयताप– ५ स्थित राउते जंगलमा मृत अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक गीतनारायण चौधरीले जानकारी दिए ।
रवि बजारमा चुरोट र रिचार्ज कार्डको होलसेल बिक्रेता २७ वर्षीय रेग्मी १ चैत अपरान्हदेखि बेपत्ता भएका थिए ।
छिमेकी सराङडाँडा ८ सप्तमी बजारबाट डिस होम मर्मतका लागि खबर आएको भन्दै अपरान्ह ४ बजे पसल छोडेर त्यसतर्फ हिँडेपछि बेपत्ता
भएका उनलाई नियोजित तरिकाले हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको चौधरीको भनाई छ ।
डिसहोम र सोलार जडानको प्राविधिक सिप समेत भएका उनको रवि बजारमा खुकुरी चुरोट र मोबाइलका रिचार्ज कार्डको होलसेल पसल छ ।
रवि बजारबाट हिँडेपछि सम्पर्क बिहिन रहेका उनको मोटरसाइकल र मोबाइल फोन करिब १५ मिनेट दुरीमा अवस्थित छिमेकी इलाम
जिल्लाको फुँयतपा ७ राउते भन्ने जंगमलमा २ चैत बिहान फेला परेको थियो ।
मोवाइल र मोटरसाइकल भेटिएको आसपासका क्षेत्रमा खोजी गर्ने क्रममा आज बिहान १० बजे रेग्मीलाई जंगलमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
उनको शरीरमा दुइवटा गोलीको घाउ देखिएको प्रत्यक्षदर्शीले बताएका छन ।
लक्ष्मी गौतम
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
