थप समाचारबुधबार, चैत्र ३, २०७२
पाकिस्तानः कर्मचारी सवार बसमा बम विष्फोट हुँदा १५ को मृत्यु
पाकिस्तानको पेशावरमा सरकार कर्मचारी सवार बसमा बम विष्फोट हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
खैबर पख्तुनख्वा राज्यको मर्दान शहरबाट सरकारी कर्मचारीलाई लिएर पेशावर पुगेको बस सुनहरी मस्जिद नजिकै विष्फोट भएको पाकिस्तानी पत्रिका डनको अनलाइन संस्करणले उल्लेख गरेको छ ।
स्थानीय प्रहरी अधिकारीले आतंकवादीले बसमा पहिले नै टाइम बम फिट गरी विष्फोट गराएको हुनसक्ने बताएका छन् ।
सन् २०१२ र २०१३ मा पनि पेशावरमा सरकारी कर्मचारीलाई लक्षित गरी भएका यस्तै विष्फोटमा ३८ जनाको ज्यान गएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>