समाचारबुधबार, चैत्र ३, २०७२

देउवाले सात जना केन्द्रीय सदस्य मनोनित गरे

हिमालखबर

Ram-Chandra-Paudelनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

मनोनित हुनेहरुमा रामचन्द्र पौडेल, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त चौधरी र नरहरि आचार्य छन् ।

आचार्य बाहेक सबै भर्खरै सम्पन्न महाधिवेशनमा विभिन्न पदमा प्रतिस्पर्धा गरी पराजित भएकाहरु हुन् ।

आचार्य भने पार्टीका तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि मस्तिष्कघात भई उपचारपछि भर्खरै घर फर्किएका छन् । उनी अझै पूर्ण स्वस्थ्य भइसकेका छैनन् ।

कांग्रेसको विधान अनुसार सभापतिले उपभापति, एक महामन्त्री र सहमहामन्त्रीसहित २१ केन्द्रीय सदस्य मनोनित गर्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>