अर्थ/बजारबिहीबार, चैत्र ४, २०७२

‘यामाहा फेस अफ फेसिनो’ शुभारम्भ

हिमालखबर

‘यामाहा फेस अफ फेसिनो’ शुभारम्भ

यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘यामाहा फेस अफ फेसिनो’ प्रतियोगीता शुभारम्भ गरेको छ । यसअन्तर्गत मिस नेपाल २०१६ प्रतियोगिताको अन्तिम प्रतिष्पर्धामा छनौट भएका १९ प्रतियोगी फेसबकु र शोरुम भोटिङ प्रतिस्पर्धामा जानेछन् । यामाहाको फेसबुक पेज र यामाहाको कुनै पनि शोरुमबाट भोटिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

विजेताले यामाहाको बिशेष पुरस्कारको साथै भविष्यमा हुने यामाहाको अभियान तथा कार्यक्रममा सहभागि हुने मौका प्राप्त गर्नेछन् । भाग्यशाली एक भोटरले लक्की ड्र मार्फत ‘यामाहा फेसनो स्कुटर’ जित्नेछन् ।

यसैबीच एमएडब्लु इन्टरप्राइजेजले ३ चैतमा मिस नेपाल २०१६ का फाइनलिस्टहरुसँग एक दिने विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिस नेपालका प्रतिष्पर्धीहरुको उपस्थितिमा बानेश्वर चोकमा सडक सुरक्षाका सम्बन्धी पर्चा/पम्लेटहरु वितरण गरियो ।

कार्यक्रममा प्रमुख अतिथि डिआईजी प्रकाश अर्याल र हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दर लाल कक्षपति, प्रसिद्ध डिजाइनर तेन्जिङ भुटिया, मिस नेपाल अर्थ २०१२ नग्मा श्रेष्ठ, इन्टरप्राइजेजका एमडी विष्णुकुमार अग्रवाल, एजिएम दिपक रौनियार लगायत पनि सहभागी थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...