समाचारबिहीबार, चैत्र ४, २०७२

तामाकोशीको करोडौको सामान ८ महिनादेखि वीरगञ्जमा अलपत्र

हिमालखबर

वीरगञ्ज–८ का आमोद प्रसाद यादवको १० चक्के ठूलो ट्रक ८ महिनादेखि सिर्सिया चौरमा बेवारिसे जस्तै बनेको छ । ऋण लिएर गाडी खरिद गरेका यादवले यसबीच आफूलाई रु. २५ लाख घाटा लागेको बताउँछन् ।

truckमाथिल्लो तामाकोशी जलविद्युत आयोजनाका लागि भारतबाट सामान लोड गरेर आएको उनको गाडी वीरगञ्जमा सामान जिम्मा लिने कोहि नभएपछि ८ महिनादेखि सिर्सिया–ड्राइपोर्टमा बस्नुपरेको हो । ना. ४ ख. ११ नम्बरको उक्त ट्रकका दुईवटा चक्का राखेकै ठाँउमा पड्कीसकेको छ ।

“आम्दानी होला भनेर ऋण काढेर गाडी किनें, अहिले ब्याज समेत तिर्न सकेको छैन,” यादवले भने ।

यादवसहित वीरगञ्जका विभिन्न ढुवानी व्यवसायीका ८ वटा गाडी तामाकोशी आयोजनाको सामान सहित सिर्सियामा अलपत्र छन् । ती गाडीहरुमा रु १५ करोड बराबरका मेशनरी सामानहरु छन् ।

सामान छोपेको त्रिपाल समेत च्यातिएर उडिसेको छ । त्यहीं रहेको ओम जिसीको गाडी बिक्रि भइसकेको छ । तर आयोजनाको समान जिम्मा लिने कोहि नभएपछि खरिदकर्ताले गाडी लैजान सकेका छैनन् ।

“अब त गाडीको भाडा मात्रै होईन क्षतिपूर्ति नपाएसम्म समान दिन सक्ने अवस्थामा छैनौं, ” जिसी भन्छन, “समान खाली गरौं भने जिम्मा लिने मान्छे छैन ।”

भारतको एन्ड्रीट्ज नामक कम्पनीले सामान सप्लाई गरेको हो भने ढुवानीकर्ता एस.ई. फ्रेड ट्रान्सपोर्ट हो । फ्रेडका प्रतिनिधि पंकज यादवले यस बिषयमा प्रष्ट कुरा गरेनन् । उनले आफ्नो नाम र कुरा बाहिर आउँदा ढुवानीकर्ताहरुलाई नै घाटा हुने दाबी गरे ।

आयोजनाका लागि आएको ‘कुलिङ्ग वाटर पम्प’ लगायतका १५ करोडको सामान ती गाडीमा अलपत्र परेको ब्यवसायी बताउँछन् ।

मधेशमा पछिल्लो आन्दोलन शुरु हुनुअघि असार १० र १५ मा नै रक्सौलमा लोड भएर वीरगञ्ज सामान आईपुगेको ८ महिना वितिसकेको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>