समाचारबिहीबार, चैत्र ४, २०७२

प्रधानमन्त्री ओलीद्वारा सार्क मन्त्रिपरिषद् बैठक उद्घाटन

हिमालखबर

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।

saarc2बैठकको उद्घाटन समारोहमा नेपालको मन्त्रिपरिषद्का वरिष्ठ सदस्य, सांसद, आठवटै सदस्य मुलुकका परराष्ट्र/बाह्य मामिला मन्त्रालयका सचिव तथा उच्च पदस्थ अधिकारी उपस्थित छन् ।

सैतीसौँ मन्त्रिपरिषद्का अध्यक्ष एवम् परराष्ट्रमन्त्री थापाले स्वागत मन्तव्य व्यक्त गर्दै जल, स्थल र वायु मार्गबाट सार्क सदस्य देशलाई जोडेर व्यापार विस्तारलगायत आर्थिक उन्नयनका कार्यक्रम सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

सार्कको वर्तमान अध्यक्ष नेपालले सार्क मन्त्रिपरिषद्को उक्त बैठक नेपालमा आयोजना गरेको हो । बुधबार सम्पन्न सार्क स्थायी समिति बैठकले मन्त्रिपरिषद्मा प्रस्तुत गरिने कार्यसूची निर्धारण गरेको थियो ।

बुधबार निर्धारण भएका कार्यसूचीमा सार्कले विगतमा गरेका निर्णयको कार्यान्वयन सदस्य राष्ट्रले स्वीकार गरेका तर कार्यान्वयन नगरेका कार्यक्रम प्रभावकारी रुपमा लागू गर्नुपर्ने, निर्धारित समयमा नै सार्कका गतिविधि पूरा हुनुपर्नेलगायत छन् ।

स्थायी समितिले सार्कको शिखर सम्मेलन प्रत्येक दुई वर्षमा नोभेम्बरमा आयोजना गर्ने प्रस्ताव गरेको छ भने १९औँ शिखर सम्मेलन आगामी नोभेम्बरमा पाकिस्तानमा गर्ने प्रस्ताव भएको छ ।

बैठकमा सार्कका विद्यमान गतिविधि, जलवायु परिवर्तन, वातावरण संरक्षण, प्राकृतिक विपत्ति, स्वास्थ्य, जैविक ऊर्जा, सामाजिक विकास, सञ्चार प्रविधिलगायतका विषय केन्द्रित रहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>