समाचारबिहीबार, चैत्र ४, २०७२
नयाँ वर्षमा खप्तड घुम्न जाने ?
नयाँ वर्ष २०७३ मा खप्तड राष्ट्रिय निकुञ्जको भ्रमण गर्न चाहनेका लागि मोहित ट्राभल्स एण्ड टुर्स प्रालिले ‘खप्तड प्याकेज’ ल्याएको छ ।
शुक्लाफाँटा बन्यजन्तु आरक्ष भ्रमण गराउन शुक्लाफाँटा टुर प्याकेज चलाइरहेको मोहित ट्राभल्स एण्ड टुर्स प्रालिले शुक्लाफाँटा जंगल कटेज र होटल न्यू आनन्दसँगको सहकार्यमा नयाँ वर्षका लागि सात दिने खप्तड प्याकेज ल्याएको हो ।
नयाँ वर्षका लागि खप्तड प्याकेजको पहिलो चरणमा २८ चैतदेखि ४ बैशाखसम्मको सात दिने प्याकेज छ । महेन्द्रनगर तथा धनगढीबाट खप्तडसम्मको सो प्याकेजमा यातायात, खानपिन तथा खाजाको व्यवस्था गरिएको छ ।
“आफूलाई चाहिने सामान लिनुपर्छ, महेन्द्रनगर/धनगढीदेखि खप्तड पुर्याएर घुमाउने र ल्याउने सबै व्यवस्था हामीले गर्छौ,” ’ मोहित ट्राभल्स एण्ड टुर्सका सञ्चालक परमानन्द भण्डारीले भने । यसका लागि ट्राभल्सले प्रतिव्यक्ति रु १५ हजार शुल्क तोकेको छ ।
यो सबै व्यवस्थाका लागि एक जना व्यक्तिले रु १५ हजार तिर्नुपर्नेछ ।
खप्तडको सात दिने यात्रा
पहिलो दिनः महेन्द्रनगर÷धनगढीबाट प्रस्थान, बाटोमै खाना र दिपयाल बास ।
दोस्रो दिनः खाजा, झिङ्ग्राका लागि प्रस्थान । झिङ्ग्रामा दिउसको खाना, पाँच घण्टा उकालो हिडेपछि बिचपानी । बिचपानीमै रातिको खाना र बास ।
तेस्रो दिनः प्याकिङ्ग खाजा । ४ घण्टा हिडेपछि खप्तड । बाटोमै त्रिवेणी मन्दिर । साँझ खप्तड क्याम्प र बास ।
चौथो दिनः खाजा खाएपछि घोडा दाउने पाटन, खप्तड बाबा आश्रम घुमफिर । फर्केपछि खाना र आराम । साँझ खप्तड दहको घुमफिर । साँझ खप्तड क्याम्पमै बास ।
पाँचौ दिनः खाजा खाएपछि नागढुङ्गका लागि प्रस्थान । फर्केर खप्तड क्याम्पमै खाना र त्यसपछि सहस्त्र लिङ्गको घुमफिर । साँझ खप्डत क्याम्पमै बास ।
छैटौं दिनः सबेरै खाजा र खप्तडबाट प्रस्थान । साँझ डोटी वा बझाङ वा अछाम बास ।
सातौ दिनः महेन्द्रनगर/धनगढी फिर्ता ।
बाइस पाटनको स्वर्ग खप्तड (१५ मनमोहक तस्वीर)