थप समाचारबिहीबार, चैत्र ४, २०७२

चितवनमा तुइन विस्थापन गरिँदै

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएलगत्तै घोषणा गरेको तुइन विस्थापन कार्यक्रमअन्तर्गत चितवनमा रहेका तीनवटा तुइन विस्थापित गरिने भएको छ ।

चितवनलाई अन्य जिल्लासँग जोड्ने तीनवटा तुइन विस्थापन गरिने भएको हो । जिल्लाको कविलासमा रहेका दुईवटा र दारेचोकमा रहेको एउटा तुइन विस्थापन गर्न रु दुई करोड ३५ लाख बजेट विनियोजन गरिएको जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर सञ्जीव श्रेष्ठले जानकारी दिए ।

जिल्लाको दारेचोकबाट गोर्खा धारापानी जोड्ने तुइन हटाएर झोलुङ्गे पुल निर्माणका लागि रु ३५ लाख, कविलासबाट तनहुँको सिमलताल र बगाडी जोड्ने दुईवटा झोलुङ्गे पुलका लागि रु दुई करोड विनियोजन गरिएको छ । तीन स्थानमा झोलुङ्गे पुल निर्माणसँगै ती क्षेत्रमा बसोबास गर्ने पाँच हजार जनता प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

आर्थिक वर्ष २०७३/७४ सम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढाइएको छ । सिमलताल र कविलास जोड्ने पुलका लागि झोलुङ्गेपुल महाशाखाले काम गर्दैछ भने अन्य दुईवटाका लागि जिविसले काम गर्न लागेको जिविसका योजना अधिकृत प्रकाशचन्द्र पौडेलले जानकारी दिए ।

गोर्खा र तनहुँका ती बासिन्दा अध्ययन, स्वास्थ्य उपचार, रोजगारीलगायत कामका लागि तुइनबाट जोखिम र कष्टकर यात्रा गरेर चितवनतर्फ आउजाउ गर्न बाध्य छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>