समाचारबिहीबार, चैत्र ४, २०७२

नेपाल एयरलाइन्सको विमानमा बम भएको हल्ला गलत

हिमालखबर

भारतको नयाँदिल्लीबाट काठमाडौँ उडान भर्न लागेको नेपाल एयरलाइन्सको आरए–२०६ विमानमा बम भएको हल्ला गलत भएको पुष्टी भएको छ ।

उडनका लागि तयारी अवस्थामा रहेको उक्त विमानमा बम रहेको भन्ने अपरिचित व्यक्तिले भारतीय सुरक्षा निकायलाई जानकारी दिएपछि उक्त विमानबाट यात्रुलाई ओह्रालेर सुरक्षा जाँच गरिएको थियो । तर, जाँच गर्दा उक्त विमानमा कुनै विष्फोटक पदार्थ फेला नपरेको बताइएको छ ।

विमान नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १२:४० मा काठमाडौँ उड्ने तयारीमा थियो । सुरक्षा जाँचपछि विमान साँझ चारबजे दिल्लीबाट काठमाडौंका लागि उडेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>