समाचारशुक्रबार, चैत्र ५, २०७२
चिनियाँ राजदूतलाई मोर्चाको ११ बुँदे ज्ञापनपत्र
मधेशी मोर्चाका नेताहरुले नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलाई भेटेर आफ्ना माग सम्बोधनका लागि नेपाल सरकारकालाई दबाब दिन भन्दै ११ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
राजदूतमार्फत चीन सरकारलाई दुई पृष्ठ लामो ११ बुँदे ज्ञापनपत्र बुझाउँदै मधेशी नेताहरुले संविधानमा मधेशी जनजाति लगायतका भावना नसमेटिएकोले यो संविधान आफूहरुले स्वीकार्न नसकेको जानकारी गराएको सदभावना पार्टीका महासचिव मनिष सुमनले जानकारी दिए ।
उनीहरुले आफूहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन समेत चीन सरकारलाई आग्रह गरेका छन् ।
संविधानमा मधेशी, आदिवासी, जनजाति, अल्पसंख्यकको भावना नसमेटिएको विषयमा राजदूतले गम्भीर चासो दिएको सुमनले बताए ।
प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमण अगाडी भएको यो भेटमा ओली सरकारसँग दीर्घकालीन सम्झौता नगर्न पनि नेताहरुले आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>