Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मेसीलाई हुवावेले ९६ करोड दिने - Himalkhabar.com

अर्थ/बजारशुक्रबार, चैत्र ५, २०७२

मेसीलाई हुवावेले ९६ करोड दिने

हिमालखबर

वर्सिलोनामा आयोजित पत्रकार सम्मेलनमा हुवावेको ल्याटिन अमेरिकाका सिईओ टाइरन लि र लियोनल मेसी । तस्वीरः जमैका ग्लिनर

वर्सिलोनामा आयोजित पत्रकार सम्मेलनमा हुवावेको ल्याटिन अमेरिकाका सिईओ टाइरन लि र लियोनल मेसी । तस्वीरः जमैका ग्लिनर

आईसिटी तथा टेलिकम्युनिकेसन कम्पनी हुवावेले वार्सिलोना क्लबका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई ग्लोबल ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । मेसीलाई ४ चैतमा स्पेनमा आयोजित एक कार्यक्रममा ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो ।

चीनको ग्लोबल ब्राण्ड हुवावेले युरोप, एसिया र ल्याटिन अमेरिकी देशहरूमा ब्राण्ड स्थापित गर्नमा मेसीको महत्वपूर्ण भूमिका हुने अपेक्षा राखेको जनाइएको छ । मेसीकोसाथले नेपाल लगायत धेरै देशमा आफ्नो कम्पनीको परिचय बलियो बनाउन सघाउन पुग्ने हुवावे टेक्नोलोजिज, नेपालका मार्केटिङ म्यानेजर सुमित प्रधानाङ्ग बताउँछन् ।

सञ्चार माध्यमहरूका अनुसार मेसीले वार्षिक करिब रु. ९६ करोड (८ मिलियन युरो) पाउने गरी सम्झौता गरेका हुन । यद्यपि हुवावे र मेसी दुबैले सम्झौता रकमबारे औपचारिक जानकारी दिएको छैन ।

केही साता अघिमात्रै हुवावेले मोडर्न विजनेस पर्सनका लागि डिजाइन गरिएको मेट–८ र युवा पुस्तालाई लक्षित गरेर ल्याइएको जिआर–५ नेपाली बजारमा सार्वजनिक गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>