समाचारशुक्रबार, चैत्र ५, २०७२

गणेशमान सिंहको तस्वीर अङ्कित सिक्का निष्काशन

हिमालखबर

नेपाल राष्ट्र बैंकले गणेशमान सिंहको तस्वीर अङ्कित सिक्का निष्काशन गरेको छ ।

coinगणेशमान सिंहको जन्मशताब्दीको अवसरमा नेपाल राष्ट्र बैंकले उनको तस्वीर अङ्कित रु २ हजारको चाँदीको सिक्का निष्काशन गरेको हो । राजनीतिक नेताको तस्वीर अङ्कित सिक्का पहिलो पटक निष्काशित भएको हो ।

नेपाल राष्ट्र बैंक र गणेशमान सिंह फाउन्डेसनको संयुक्त आयोजनामा आज, ६ चैतमा राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले उक्त सिक्का सार्वजनिक गरे ।

डा नेपालले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको ठूलो भूमिका रहेको भन्दै उनको योगदानलाई कदर गर्दै सिक्का निकालिएको बताए ।

फाउन्डेसनका अध्यक्ष प्रकाशमान सिंहले जनताका लागि सङ्घर्ष गर्ने व्यक्ति सिंह भएको भन्दै उनको योगदानलाई कसैले भुल्न नहुने बताएका थिए ।

सिंहको सम्झनामा निष्कासन गरिएको सिक्कामा ९९ प्रतिशत शुद्ध धातु, ७७ मिलिमिटर गोलाइ, २५ ग्राम तौल छ ।

यसको बिक्र वितरण टक्सार विभाग सुन्धाराबाट गरिने र यसको मूल्य रु दुई हजार ७६ पर्ने फाउन्डेसनले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>