समाचारशुक्रबार, चैत्र ५, २०७२
शहीद र बेपत्ताको जिम्मा बाबुरामले लिने
पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईले माओवादी ‘जनयुद्ध’का बेला मृत्यु र बेपत्ता भएकाहरुको जिम्मा नयाँ शक्तिले लिने बताएका छन् ।
गोरखामा आयोजित अन्तरिम जिल्ला परिषद् घोषणा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले भने, “कतिपयले बाबुरामले माओवादी छाड्यो, शहीद र बेपत्तालाई भुल्यो भनेका छन् । त्यो भ्रममा नपर्नुहोला । शहीद र बेपत्ताको जिम्मा हामी लिन्छौँ ।”
नयाँ शक्तिलाई छिट्टै पार्टीको रुप दिने भन्दै भट्टराईले वडा, गाउँ, नगर, जिल्ला, प्रदेशमा बलियो सङ्गठन बनाउन आग्रह गरे ।
उनले गोरखामा नयाँ शक्तिलाई विशेष रुपमा अघि बढाउन आग्रह गरेका छन् ।
देशमा आर्थिक समृद्धि ल्याउन समुद्र तर्नुपर्ने भन्दै भट्टराईले सडक मार्गमार्फत समुद्र तर्न नसकिने बताए ।
उनले भने एमाओवादीले सडक मार्गमार्फत समुद्र तर्न खोजेको तर, नयाँ शक्तिले पानी जहाजले समुद्र तर्ने बताएका थिए ।
रासस