समाचारशुक्रबार, चैत्र ५, २०७२

ल्हारक्याल लामालाई थप ३ दिन हिरासतमा राख्न अनुमति

हिमालखबर

लकरमा गोली भेटिएपछि प्रहरी नियन्त्रणमा रहेका पूर्वराज्यमन्त्री ल्हारक्याल लामालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

प्रजिअ रामकृष्ण सुवेदीले लामालाई हातहतियार तथा खरखजाना ऐनअनुसार थप अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । यसअघि ३० फागुनमा ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

अकुत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार अनुसन्धान आयोगले छानबिनका लागि लामाको दरबारमार्गस्थित इन्भेस्टमेन्ट बैंकको लकरमा जाँच गर्दा १४ थान गोली बरामद भएको थियो ।

पक्राउपछि सांसदबाट निलम्बित लामालाई प्रहरीले महानगरीय प्रहरी वृत्त सिंहदरबाको हिरासत कक्षमा राखेर अनुसन्धान गर्दै आएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>