Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
प्रहरीमा ५ हजार पदका लागि ३५ हजारको आवेदन - Himalkhabar.com

थप समाचारशुक्रबार, चैत्र ५, २०७२

प्रहरीमा ५ हजार पदका लागि ३५ हजारको आवेदन

हिमालखबर

नेपाल प्रहरीमा रिक्त जवानका लागि खोलिएको विज्ञापनमा देशभरबाट ३५ हजार बढीको आवेदन परेको छ ।

नेपाल प्रहरीले गत २४ माघदेखि ३० फागुनसम्म दरखास्त आह्वान गरेकामा देशभर खुलामा दुई हजार ९३७ सहित पाँच हजार ४४४ पदका लागि आवेदन खोलिएको थियो ।

उक्त पदमा देशभरबाट ३५ हजार २६४ को आवेदन परेकामा २९ हजार ५०५ पुरुष र पाँच हजार ७५९ महिला रहेको प्रहरी प्रवक्ता माधव जोशीले जानकारी दिए ।

उनले भने, “पछिल्लो समयमा रोजगारीको अभाव र ८ कक्षा उत्तीर्ण भएपछि खान मिल्ने सरकारी जागिर भएकाले प्रहरी जवानका लागि धेरैको आवेदन परेको हो ।”

सबैभन्दा धेरै मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जमा नौ हजार ६३१ र सबैभन्दा थोरै अञ्चल प्रहरी कार्यालय कर्णालीमा ८१४ जनाको आवेदन परेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>