समाचारशुक्रबार, चैत्र ५, २०७२

कांग्रेस केन्द्रीय समिति बैठकः सरकारको आलोचना, ६ महिनाभित्र भ्रातृ संगठनको निर्वाचन

हिमालखबर

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको आज, ५ चैतमा बसेको बैठकले सरकारको काम प्रभावकारी नभएको ठहर गरेको छ ।

congress१२ महाधिवेशनपछि पहिलोपटक बसेको बैठकले भूकम्पपछिको पुनःनिर्माणमा भैरहेको सुस्तता र कालोबजारीबारे सरकारीको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ ।

त्यसैगरी बैठकले भ्रातृ संगठनहरुको निर्वाचन ६ महिनाभित्रै गर्ने निर्णय गरेको छ ।

बैठकले रिक्त रहेको संसदीय दलको नेता चयनका लागि केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा सुरेन्द्र पाण्डे र गुरु घिमिरे सदस्य रहेको समिति गठन गरेको महामन्त्री शशांक कोइरालाले जानकारी दिए ।

त्यसैगरी बैठकले संविधान कार्यान्वयनका लागि नेपाली कांग्रेसले पहल गर्ने र मधेशको असन्तुष्टि सम्बोधन गर्न अन्य दलहरुसँग छलफल गर्ने निर्णय गरेको छ ।

बैठकले १३ महाधिवेशनमा सहयोग पुर्याउने सबैलाई धन्यवाद समेत ज्ञापन गरेको कोइरालाले जानकारी दिए ।
आजको बैठकमा नेता रामचन्द्र पौडेल भने अनुपस्थित थिए । उनी गृह जिल्ला तनहुँमा छन् ।
कपिल भट्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>