समाचारशनिबार, चैत्र ६, २०७२
सय रुपैयाँ जरिवाना नतिरेका ९ जना दश वर्षपछि पक्राउ
अदालतले १० वर्षअघि जरिवाना तोकेको रु १०० नतिरेका कञ्चनपुरका ९ जना पक्राउ परेका छन् ।
सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह (आरआईटी) ले दश वर्ष अघि कञ्चनपुर जिल्ला अदालतले सुनाएको फैसलामा दोषी देखिएका ९ जना दोधारा–२ का नेत्र श्रेष्ठ, गिता श्रेष्ठ, लुरी श्रेष्ठ, तेज श्रेष्ठ, पदम श्रेष्ठ, माया श्रेष्ठ, सन्तोष श्रेष्ठ, अशोक श्रेष्ठ र कुमार शाहीलाई ५ चैत बिहान उनीहरुको घरबाटै पक्राउ गरेको हो ।
उनीहरुलाई अदालतले कुटपिट मुद्दामा ७ असार २०६३ मा फैसला सुनाउँदै प्रतिव्यक्ति एक सय रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
दश वर्षसम्म एक सय रुपैयाँ जरिवाना नतिरेका उनीहरुलाई ५ चैत बिहान पक्राउ गरिएको आरआईटी प्रमुख प्रहरी सहायक निरीक्षक केशव जोशीले बताए ।
पक्राउ गरिएकै दिन अदालत पेश गरिएका नौ जनाले अदालतको फैसला अनुसारको एक÷एक सय रुपैयाँ जरिवाना तिरपेपछि साँझ रिहा भएका थिए ।
बच्चु विक, महेन्द्रनगर