थप समाचारशनिबार, चैत्र ६, २०७२

फ्लाई दुबईको विमान रुसमा दुर्घटना, ६१ जनाको मृत्यु

हिमालखबर

दुबईबाट दक्षिणी रुस जाँदै गरेको यात्रुवाहक विमान रुसमा दुर्घटना हुँदा विमान सवार सबै ६१ जनाको मृत्यु भएको छ ।

fly_dubai५५ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेको बोइंग–७३८ विमान रुसको रोस्तोफ–अन–दोनमा अवतरण गर्ने क्रममा रनवे भन्दा अगाडि पुगेको र एक्कासी आगो लागेको बीबीसीले जनाएको छ ।

अहिलेसम्म दुर्घटनाको स्पस्ट कारण थाहा नभए पनि भिजिविलिटीको समस्याले गर्दा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार विमान जमिनमा अवतरण गरिसकेपछि एक्कासी आगोको मुस्लोमा परिणत भएको थियो ।

विमानमा अधिकांश रुसी नागरिक रहेको र तीन जनामात्रै विदेशी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको रुसी अधिकारीहरुले जनाएका छन् ।

फ्लाईदुबई सन् २००९ मा शुरु भएको सस्तो दाममा हवाई सेवा दिने दुबईको एयरलाइन्स हो । जसले ९० स्थानमा उडान भर्ने गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>