Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कालजयी आठ श्लोक - Himalkhabar.com

ब्लगशनिबार, चैत्र ६, २०७२

कालजयी आठ श्लोक

कमल दीक्षित

kamalmaniसानो पुस्तिका ‘कालिकाष्टक’का शार्दूलविक्रीडित छन्दका आठओटा श्लोकले सिंगो ‘महाभारत’ लाई लोकव्यापी बनाइदिए।

Mro7qOd‘गुप्ती नाम धरीसकी…’ भन्ने श्लोक कुनै जमानामा नेपालीमाझ् भानुभक्तको ‘एक् दिन् नारद…’ जत्तिकै लोकप्रिय थियो। कवि सुब्बा होमनाथ उपाध्याय खतिवडाको ‘कालिकाष्टक’ का यी श्लोक पहाडमा मात्र होइन, नेपाली जहाँजहाँ पुग्थे त्यहीं गुञ्जिन्थे।

धर्मप्राण नेपालीहरू बिहान–बेलुकी पूजा गर्दा धार्मिक स्तोत्रै सरह पाठ गर्थे। यो ‘कालिकाष्टक’ लाई पछि होमनाथकै कृति ‘विराटपर्व’ को एउटा अंश बनाइयो। तर यो विराटपर्व भन्दा पहिले नै रचित र प्रकाशित भएको हो।

यसलाई र सिङ्गै विराटपर्वलाई समेत गाभेर पिता–पुत्रको संयुक्त कृति ‘महाभारत’ प्रकाशित गरेको थियो विश्वराज हरिहर शर्मा कंपनीले। अझ् पछि बाबुछोरा आफैं प्रकाशक भए ‘सुब्बा होमनाथ केदारनाथ’ भन्ने व्यापारिक नाम लिएर। त्यसले महाभारत मात्र होइन अनेकौं ग्रन्थ प्रकाशित गरुर्‍यो आधा शताब्दी लामो आफ्नो जीवनकालमा।

अहिले त्यो ‘महाभारत’ हाम्रो पुस्तक सम्पदामा छिर्ने माध्यम चाहिं त्यही सानो पुस्तिका ‘कालिकाष्टक’ नै बन्यो। शार्दूलविक्रीडितका ती आठओटा श्लोक अमर रहेछन्, कालजयी रहेछन्। तिनले नै सम्पूर्ण ‘महाभारत’ लाई लोकव्यापी बनाइदिए। नातिको नामले बाजे प्रसिद्ध हुनपुगेझैं भयो यहाँ।

वास्तवमा यो ‘कालिकाष्टक’ होमनाथकै ‘कालिकास्तोत्र’ को अंश हो, व्यापारिक प्रयोजन, विज्ञापनका रूपमा। तर मदन पुरस्कार पुस्तकालय (मपुपु) मा त्यो २० श्लोकी पुस्तिका छैन, यो (विज्ञापन) ‘कालिकाष्टक’ मात्र छ। त्यसैले यो कालिकाको स्तुति सर्वप्रथम कहिले छापियो भन्न सकिएन। भए पनि त्यसको पहिलो श्लोकः

‘गुप्ती नाम धरीसकी नगरमा पस्न्या बखत्रुमा पनि कस्ता रित्रुसित कष्टभोग् गरि यहाँ उत्तीर्ण हूँला भनी।

चिन्ता धेर हुँदा युधिष्ठिरजीको मन्मा लहड् यो गयो

सम्झी झ्ट्ट तहाँ जगज्जननिको स्तव् गर्न लाग्नूभयो’।।

बाट शुरू गरी १९ श्लोकपछिकोः

‘त्राही त्राहि म भन्छु हे भगवती

यो गुप्तवास् जानलाई’

सम्म मान्छेलाई कण्ठस्थ हुन्थे उति वेला।

तर, त्यो कालिकास्तोत्र जति लोकप्रिय भए पनि कविताको सुन्दरतामा होमनाथको पूरै ‘विराटपर्व’ समेत कम थिएन। त्यसको कौरवहरूसँगको गौ–हरण युद्धको रमाइलो बयान, कीचक–द्रौपदीको रोचक वर्णन इत्यादि गर्दै अन्त्यमा पाण्डवहरूको विदाइको वेलाको उत्तरा–अभिमन्यु बिहेको कुरो उठेको प्रसङ्गसम्म सबै रसिला श्लोकहरू छन् त्यसभित्र। नमूना स्वरूप ‘विराटपर्व’ को अन्त्यतिरका केही पंक्ति पढिहेरूँ:

‘…राजा युधिष्ठिर पनी ति बुहारि पाई

भन्थ्या कृतार्थ खुसि भैकन आफुलाई।९८१।

घोडा सात हजार सुन्दर अधिक् दासी हजारौं अनी

सुन्का साज सजी गजेन्द्र दुइसौ रथ् एक हज्जार् पनी।।

दाईजो भनि सब् दियेर बहुतै खूशी भई मन्महा

छोरी श्री अभिमन्युजीकन दिया राजा विराट्ले तहाँ’।९८२।

अझ् बाबु–छोराको पूरै महाभारत पनि उत्कृष्ट थियो। भानुभक्तीय रामायणको तुलनामा त्यत्तिकै मीठो थिएन होला त्यो महाभारत, तर नेपाली बिहेबारीका ‘सिलोक हाल्ने’ वेलामा भने त्यो पनि उत्तिकै प्रयोग हुन्थ्यो। लोकप्रिय थियो महाभारत त्यसैले त्यो पनि रामायण जत्तिकै बिक्थ्यो।

महाभारतको कुरा गर्दा नेपाली पहाडी समाजले कसको महाभारत भन्ने चासो राख्दैनथ्यो, महाभारत भए हुन्थ्यो उनीहरूलाई, त्यस्तै, रामायण भए पुग्थ्यो। भनौं रामायण र महाभारतका कृतिहरूद्वारा धर्मप्राण नेपाली प्रजा पूर्ण रूपमा परिवेष्ठित थिए, जेलिएका थिए।

यसको प्रत्यक्ष प्रमाण हो भानुभक्तीय रामायणको आठौं काण्डको ‘रामाश्वमेध’ क्षेपकहरू र नरेन्द्रनाथ रिमालको ‘अठारपर्व महाभारत’ (१९८५)। जुन पनि बिक्थे। रामायण हुनुपर्थ्यो, महाभारत हुनुपर्थ्यो। चोरीका पनि किन्थे नेपालीहरू अनि मुद्दामामिला पर्थे भारतका अदालतमा (महाभारत अठार पर्वको भूमिका २०५६)।

प्रसङ्ग उठिहालेकाले भनूँ नरेन्द्रनाथको त्यो ‘अठारपर्व महाभारत’ पनि बिर्सन नहुने नाम हो। कविको मृत्युपछि हराएको, ‘गुमनाम’ हुनपुगेको त्यो अनमोल पुस्तक ऐले उनका छोराहरूको सत्प्रयासले पुनर्जीवित भएको छ र त्यसबारे शोध समेत हुँदैछ भन्ने बुझिन्छ। त्यो किताब उल्लेखयोग्य हुनाको मुख्य कारण भने अठारै पर्व महाभारत सबभन्दा पहिले (१९८५ सालमा) छापी प्रकाशित गर्ने उनै हुन् र शायद उनी एकै जना मात्र हुन्।

(अरू कविहरूका नामका सम्पूर्ण महाभारत कुनै कीर्ते र कुनै सङ्कलित हुन् भनिन्छ।) अर्को कुरा, नरेन्द्रनाथले आफ्नो महाभारतलाई आधुनिक पारेका छन्। जस्तो, नरेन्द्रनाथका कौरवहरूको राजधानी दिल्ली छ हस्तिनापुर होइन। त्यस्तै उनका सञ्जय पनि युद्धको वर्णन गर्दा अचेलका पत्रकार या ‘वार करेस्पोन्डेन्ट’ जस्ता लाग्छन्।

त्यसको कारण हुनुपर्छ नरेन्द्रनाथको अखबारी ज्ञान। प्रथम विश्वयुद्ध (ग्रेट वार) का वेला नरेन्द्रनाथ अंग्रेजहरूको बनारस शहरमा थिए। र दैनिक अखबार पढ्थे आद्योपान्त। त्यसै हुँदा आधुनिक युद्धको नखशिख ज्ञान थियो उनलाई।

कुरुक्षेत्रको युद्धलाई उनले ऐलेका आँखाले हेरे अनि त्यो ‘ग्रेट वार’ लाई उहिलेका आँखाले। त्यसैले, सन् १९१४–१८ को विश्वयुद्धको वर्णन भएको आफ्नो सवाई–काव्यलाई ‘यूरोप महाभारत जर्मनीको लडाईं’ भन्ने नाम राखी प्रकाशित गरेका हुनन् उनले सन् १९२५ मा।

अब हामी त्यतापट्टि नगई नरेन्द्रनाथलाई सम्झ्न उनको महाभारतको भीष्मपर्वको एउटा मात्र श्लोक नमूना दिएर यस प्रकरणलाई टुंग्याऊँ:

‘आज्ञा यो गरि ताहिं अर्जुनजिको वाण्ले पिडीतै परी

श्रीपीतामह गिर्नुभो तर उहाँ रथ्रुदेखि भैंमा झ्री।

गाथ्रुले भूमि छुएन शर्हरू गडी सारा थियो अङ्रुभरी

वाण्कै ऊपरमा सयेन हुनगो ओछ्यान जस्तै गरी’।।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>