समाचारशनिबार, चैत्र ६, २०७२
काठमाडौं आइपुगे राजकुमार ह्यारी
बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ पाँचदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।

तस्वीर: गोपेन राई
राजकुमार ह्यारी कतार एयरवेजको विमानबाट केहीबेरअघि काठमाडौं आइपुगेका हुन् ।
उनको भ्रमण टोलीमा बेलायती विदेश राज्यमन्त्री ह्युगो स्वायर तथा बेलायती सञ्चारमाध्यमका पत्रकार गरी ३० जनाभन्दा बढी छन्।
उनको नेपाल बसाईको क्रममा लमजुङ्मा ट्रेकिङ्देखि बर्दियामा र्याफटिङ् सम्मको कार्यक्रम छ ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर राजकुमार ह्यारी बेलायतकी महारानीको प्रतिनिधिका रुपमा नेपालको पाँच दिने औपचारिक भ्रमणमा आएका हुन् ।
राजकुमार ह्यारीको नेपाल भ्रमण तालिका
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
