रमझमशनिबार, चैत्र ६, २०७२

मण्डलाले शुरु गर्‍यो घुम्ती रंगमञ्च बस

हिमालखबर

मण्डला नाटक घरले घुम्ती नाटक घरको व्यवस्था गरेको छ । देशका विभिन्न स्थानका दर्शकहरुको सुविधालाई ध्यानमा राख्दै मण्डलाले ट्रकलाई थियटर बनाएर नाटक मञ्चन शुरु गरेको हो ।

theater1‘जुनकिरी घुम्ती रंगमञ्च बस’ नाम दिइएको यो ‘मोबाइल थियटर’ को वरिष्ठ संस्कृतिविद एवम् नाटककार सत्यमोहन जोशीको उपस्थितिमा ५ चैतमा उद्घाटन गरियो ।

उदघाटन समारोहमा इटालियन नाटककार लियो लियोनीको नाटक ‘फ्रेडरिक’ को नेपाली अनुवाद ‘मनचिन्ते फिरन्ते’ प्रदर्शन गरिएको थियो ।

जुनकिरी थियटरका लागि जर्मन सहयोग नियोग (जिआईजेड) ले विशेष ट्रक उपलब्ध गराएको थियटरकी उपाध्यक्ष सिर्जना सुब्बाले जानकारी दिइन् । मण्डलाका निर्देशक राजन खतिवडा र रोबोटिस्ट इन्जिनियर अनिल कार्कीको परिकल्पनामा आधारित भएर वायु विमान इन्जिनियरहरुको समूह एडेन इन्जिनियरिङ्गले यसको संरचना निर्माण गरेको हो ।

theaterमण्डलाले बैशाख महिनामा उपत्यकाका १५ स्थानमा जुनकिरीमा नाटक प्रदर्शन गर्ने र त्यसपछि वर्षभरी नै देशका विभिन्न स्थानमा कार्यक्रम गर्ने जनाएको छ ।

दर्शकहरु नाटकघरसम्म आउने परम्परालाई तोडदै नाटकघर नै दर्शकसमम पु¥याउनका लागि जुनकिरीको शुरुवात गरिउको मण्डला थियटरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>