समाचारआइतबार, चैत्र ७, २०७२

औषधि गोदाममा आगलागी करोडौंको क्षति

हिमालखबर

बाराको पथलैयामा रहेको केन्द्रीय मेडिकल स्टोर्समा ७ चैतमा भिषण आगलागी भएको छ । आपूर्ति व्यवस्था महाशाखा अन्तर्गत रहेको स्टोर्समा भएको आगलागीका कारण करोडौंको क्षति भएको छ ।

आगलागीबाट करौडौंका औषधि र भवन जलेर नष्ट भएको छ । पर्सा वन्यजन्तु आरक्षको जङ्गल क्षेत्रमा रहेको गोदाममा जंगलबाट आएको आगोका कारण आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

विहान ९ बजे तिर शुरु भएको आगलागी ६ घण्टा पछि नियन्त्रणमा आएको थियो ।

वीरगञ्ज उपमहानगरपालिकाका २ वटा, कलैया नगरपालिकाको १ र हेटौडा उपमहानगरपालिकाको १ गरी ४ वटा बारुण यन्त्र, दुईवटा डोजर सहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।

आगलागी भएको गोदाम नं. ७ मा ग्लोबल फण्ड, युनिसेफ, एसडिएफबाट अनुदान प्राप्त र नेपाल सरकारले खरिद गरेको विशेष झुल, कण्डम, किटनाशक औषधि, एडि सिरिञ्ज, इजि पेष्ट(लिटोको पिठो), कपास, हात्ती पाईलेको औषधिहरु पूर्णरुपमा जलेर नष्ट भएको बरिष्ठ जनस्वास्थ्य अधिकृत अरुणकुमार झाले बताए ।

आगलागी कसरी भयो र त्यसबाट कति क्षति भयो भन्ने विषयमा अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीषक पुरुषोत्तम खड्काले बताए ।

पथलैयामा विभागका ७ वटा गोदाम छन् । जसबाट देशको ७५ वटै जिल्लाका जनस्वास्थ्य कार्यालयका लागि दातृ निकायबाट अनुदान प्राप्त तथा नेपाल सरकारद्वारा खरिद गरिएको औषधि गोदाम गरी देशभर पठाउने गरिन्छ ।

सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>