समाचारआइतबार, चैत्र ७, २०७२
द्रुत मार्ग आफैं निर्माण गर्न सरकारलाई निर्देशन
ब्यवस्थापिका संसद, अर्थ समितिले तराई मधेश द्रुत मार्ग निर्माण कार्य सरकार आफैंले गर्न निर्देशन दिएको छ ।
७ चैतमा बसेको समितिको बैठकले तराई मधेश द्रुत मार्गको निर्माण कार्य नेपाल सरकार आफैंले निर्माण गर्ने गरी सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
त्यसैगरी बैठकले ‘निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल आयोजना’ तत्काल अघि बढाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
समितिले सरकार आफैंले आर्थिक स्रोत ब्यवस्थापन गरी विमानस्थलको ड्रईङ्ग डिजाइन र लागत अनुमान, जग्गा अधिग्रहण, पुनःर्वासको व्यवस्था, विमान स्थल क्षेत्रभित्र रहेका रुखहरुको व्यवस्थापन आदि विषयहरुमा तत्काल निर्णय गरी विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउन नेपाल सरकार, अर्थ मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठक सभापति प्रकाश ज्वालाको सभातित्वमा बसेको थियो ।