समाचारसोमबार, चैत्र ८, २०७२

राजतन्त्र फर्कने सपना नदेख्न कोइरालाको आग्रह

हिमालखबर

sujataनेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा राजतन्त्र अब कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेकी छन् ।

जिपी कोइराला फाउन्डेसन विराटनगरमा ८ चैत बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दैै नेत्री कोइरालाले राजतन्त्र फर्किने सपना नदेख्न आग्रह गरेकी हुन ।

सात दशकभन्दा लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धिलाई संस्थागन गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा कोइरालाले जोड दिइन ।

दलको सहकार्य बिना संविधानको सफल कार्यान्वयन गर्न गाह्रो पर्ने उनको भनाइ थियो । काँग्रेसले दह्रो प्रतिपक्षकै रुपमा बसेर संविधानको कार्यान्वयनका लागि रचनात्मक भूमिका निर्वाह गर्ने कोइरालाले बताइन ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>