Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
तीन गाउँ, एक व्यथा - Himalkhabar.com

रमझमसोमबार, चैत्र ८, २०७२

तीन गाउँ, एक व्यथा

हिमालखबर

तीन गाउँ, एक व्यथा

तस्वीरहरूः किशोर शर्मा

७५ वर्षीय तुलसी तुलाधर जब आँखा चिम्लन्छन्, आँखैभरि रातो मच्छिन्द्रनाथको मन्दिरले छोप्छ । बालखैदेखि लडिबुडी गरेको, पुजाआजा गरेको र रातो मच्छिन्द्रनाथको रथयात्राको रौनकमा उल्किएर दिनरात त्यही बिताएको सबै सबै एकैफेरोमा उनको स्मृतिमा आइपुग्छ । “तर, जब आँखा खोल्छु, मन्दिर छैन, हाम्रा भगवान छैनन्”, बुङमती–३, का तुलाधर भन्छन् ।

१२ वैशाखको महाभूकम्पले ललितपुरको बुङमती ३ स्थित मच्छिन्द्रबहालको यो मन्दिर गर्लम्म लडाइदियो । लिच्छविकालिन राजा नरेन्द्र देव (इ.स. ६४३–६८९) का पालामा बनेको यो मन्दिरको निमार्णसँग वर्षा र सहकाल जोडिएको छ । नरेन्द्र देवको राज्यकालमा नेपाल मण्डलमा १२ वर्षसम्म पानी नपरेर खडेरी र अनिकाल मच्चिएको र यसको समाधानका लागि राजाले कामरूपकामाक्ष आसाम पुगी मच्छिन्द्रनाथलाई बुङ्मतीमा विराजमान गराएको आख्यान छ ।

तीन गाउँ, एक व्यथा
मच्छिन्द्रनाथलाई नेपाल भित्र्याइएपछि गुरुको सम्मानमा रिसाएर नाग भइ बसेका गोरखनाथ उठिदिएकै कारण सहकाल ल्याउने वर्षा भएकाले बंङ्मतीको बुंगद्योलाई सहकालका देवता भनि पुजिने परम्परा छ ।
तर, बुङमतीवासीका लागि यो मन्दिर सम्झ्नामा मात्रै बाँकी छ । मन्दिरका थुप्रिएका अवशेष छामेर बस्नुबाहेकको विकल्प अब रहेन । भन्नका लागि भूकम्पपछिका क्षतिग्रस्त सम्पदाका पुर्ननिमार्णका लागि सरकारले काम थालिसकेको छ । तर, रातो मछिन्द्रनाथ मन्दिरले यसको आभाष पाएको छैन ।
७ चैत बेलुकी मन्दिर परिसरमा भेला भएका मछिन्द्रबहालवासीले एकपटक नचाहेरै पनि १२ वैशाखको कोलाहल सम्झिए । भूकम्पमा आफूले भोगेका दुःखलाई तस्बिर र भिडियोमार्फत नियाले । भूकम्पमा ज्यान गुमाएका पाँच जना टोलवासीलाई पुनः श्रद्धाञ्जली अर्पण गरे । र, आफूसामु उभिएको भव्य मन्दिरलाई पटकपटक स्मरण गरे ।
डेनमार्कको भ्यालीकिल्डे होज्सकोलेका ३५ जना विद्यार्थीले १० दिन लगाएर भूकम्पप्रभावित ललितपुरका कोटडाँडा, लाकुरी र बुङमतीमा खिचेका तस्बिर र भिडियोलाई ‘रिजिलियन्स् टु रिकन्स्ट्रसन’ शीर्षकमा मच्छिन्द्रबहालमा विशेष प्रदर्शनी गरिएको थियो । प्रदर्शनीलाई डान चर्च एड, बुङमती पुननिमार्ण समिति, फ्रेन्ड्स हेल्प ग्रुप अफ बुङमती, फ्रेन्ड्स सर्भिस काउन्सिलले संयुक्त रुपमा आयोजना गरेका थिए ।
प्रदर्शनीमा सहभागी डेनिस विद्यार्थी सोफी होडालका अनुसार, यो समूहले डेनमार्क फर्केपछि ‘नेपाल पप अप’ शीर्षकका यिनै सामाग्री प्रदर्शन गर्ने र संकलित रकम यहीका भूकम्प प्रभावितलाई पठाउने छन् ।
“यस्तो प्रदर्शनीले गाउँलेलाई दुःख बिर्सिएर पुननिमार्णमा लाग्ने प्रेरणा दिएको छ”, बुङमती पुनर्निमार्ण समितिका संयोजक प्रेमभक्त महर्जन भन्छन् ।
भूकम्पबाट उत्पन्न संकटसँग जुँध्न बुङमतीवासी अर्को ‘मच्छिन्द्रनाथ देउवा’ होइन, यस्तै सहयोगी मनको खोजीमा छन् ।
–रविन गिरी

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>