Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
मलेसियाविरुद्ध टोली घोषणा, प्रमुख खेलाडी काे–काे छैनन् ? - Himalkhabar.com

खेलकुदसोमबार, चैत्र ८, २०७२

मलेसियाविरुद्ध टोली घोषणा, प्रमुख खेलाडी काे–काे छैनन् ?

हिमालखबर

मलेसियाविरुद्ध खेल्न टोली घोषणा, प्रमुख कुन कुन खेलाडी छैनन् ?
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी १४ चैतमा मलेसियाविरुद्ध खेल्ने यु–२२ फूटबल टिमको घोषणा गरेको छ । टीम नेपालका नवनियुक्त प्रशिक्षक ग्योटोकु कोजीले ८ चैतमा पत्रकार सम्मेलनमार्फत विराज महर्जनको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।

टिममा परेका खेलाडीहरूमा तीन जना गोल किपर विकेश कुथु, किरणकुमार लिम्बु र विशाल श्रेष्ठ छन् । त्यस्तै डिफेनडर्समा विराज महर्जन, विजय धिमाल, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तमाङ, रविन श्रेष्ठ र रन्जित धिमाल परेका छन् ।

प्रशिक्षक कोजीले मिडफिल्डमा जगदीश श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बललाई रोजेका छन् । फरवार्डमा नवयुग श्रेष्ठ, रन्जन विष्ट, सुमन लामा, विश्व श्रेष्ठ र भरत खवास रहनेछन् ।

अनन्त तामाङ र अन्जन विष्ट युरोप भ्रमणमा रहेकाले मलेसियासँगको खेलमा हुनेछैनन् भने विमल घर्ती मगर पनि युरोप भ्रमणमा जानेभएकाले टिममा हुनेछैनन् । त्यस्तै विक्रम लामा इन्डोनेसिया भ्रमणमा छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>