समाचारसोमबार, चैत्र ८, २०७२

रिहा लगत्तै पक्राउ परेका ल्हारक्याल प्रहरी हिरासतमा

हिमालखबर

रिहा लगत्तै पक्राउ परेका ल्हारक्याल प्रहरी हिरासतमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा लकरमा गोली भेटिएपछि पक्राउ परेका ल्हारक्याल लामा धरौटीमा छुटे लगत्तै पुनः पक्राउ परेका छन् ।

जिल्ला प्रशासन कार्यालयले ८ चैतमा गोली काण्डमा रू.६६ हजार ७५० धरौटी लिएर छाडे लगत्तै उनलाई प्रहरीले वैदेशिक रोजगारमा ठगि गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई प्रहरीको सिंहदरबार वृत्तमा राखिएको छ ।

लामाविरुद्ध वैदेशिक रोजगार विभागमा दुई वर्ष पहिले नै मकाउ पठाइदिने भन्दै रु.दुई करोड भन्दा बढी ठगी गरेको उजुरी परेको थियो । केशवबहादुर गुरुङले लामाविरुद्ध उजुरी दिएपछि विभागले पक्राउ गरिदिन प्रहरीलाई त्यो बेलै पत्राचार गरेको थियो । तर, प्रहरीले पक्राउ नगरेका कारण निर्धक्क सार्वजनिक जीवन बिताउँदै आएका उनी बैंक लकरमा गोली भेटिएपछि पक्राउ परेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>