समाचारमंगलबार, चैत्र ९, २०७२
‘प्रधानमन्त्री स्वदेश फर्किएपछि कांग्रेस सरकारमा आउँछ’
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणबाट फर्किएपछि नेपाली कांग्रेस सरकारमा आउने बताए ।
सल्याण पुगेका नेता नेपालले भने, “प्रधानमन्त्री फर्किनासाथ कांग्रेससँग यसबारे छलफल हुन्छ ।” उनले देशको समग्र विकासका लागि सहमति र सहकार्य आवश्यक भएको बताए ।
नेता नेपालले कांग्रेसलाई पनि सँगै लैजान सक्ने क्षमता एमालेमा रहेको दाबी गरे । उनले भने, “राष्ट्रिय एकता नेपालीको विशेषता हो यसलाई कमजोर पारेर देशले गति लिन सक्दैन, राजनीतिक निकासका लागि पनि सहमति र सहकार्य आवश्यक छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
