समाचारमंगलबार, चैत्र ९, २०७२

बैशाखदेखि फेरि आन्दोलनः महतो

हिमालखबर

सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ वर्ष शुरु भएसँगै आन्दोलन फेरि शुरु गरिने बताएका छन् ।

आफ्ना मागहरु सरकारले माग पूरा गर्न अझै तत्परता नदेखाएको भन्दै उनले आन्दोलनको विकल्प नरहेको बताए ।

९ चैतमा सप्तरीको फर्सेठ गाविसमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले मधेशको आन्दोलन सकिएको भन्दै ढुक्क नहुन सरकार र मुख्य दलहरुलाई चेतावनी दिए ।

उनले आन्दोलन जारी नै रहेको र सम्पूर्ण माग पूरा नभएसम्म आन्दोलन जारी नै रहने बताए ।

“आन्दोलन समाप्त भइसक्यो भनेर हल्ला चलाउने काम भएको छ, उनले भने, “लामो बन्दका कारण जनता धेरै पीडित भएपछि आन्दोलनको स्वरुप मात्रै परिवर्तन गरिएको हो ।”

चैतभित्र माग पूरा नगरिए बैशाखेखि आन्दोलन गर्ने प्रधानमन्त्रीलाई चेतावनी दिइसकिएको उनले बताए ।

आन्दोलनका कार्यक्रमहरु मोर्चाको आगामी बैठकले तय गर्ने भन्दै उनले प्रचारात्मक अभियानहरु भने होली लगत्तै शुरु गरिने बताएका थिए ।
श्रवणकुमार देव, राजविराज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>