थप समाचारमंगलबार, चैत्र ९, २०७२

होलीमा रंगिए ह्यारी (फोटो फिचर)

हिमालखबर

नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेभिड ‘ह्यारी’ले फागूपूर्णिमाका अवसरमा अबिर रङ खेलेर पर्वको मज्जा लिएका छन् ।

h1लमजुङको गौँडा मावि परिसरमा स्थानीयवासीसँग रङ खेलेर राजकुमार ह्यारीले हर्षोल्लासका साथ फागूपूर्णिमा मनाएका हुन् ।
h2ह्यारीलाई स्थानीय पञ्चकञ्या राजकुमारी थापा, भवी गुरुङ, अञ्जु गुरुङ, सुजाता गुरुङ र महिमा गुरुङले रातो अबिर लगाइदिएपछि होली खेल्ने कार्यक्रम शुरु भएको थियो ।

h3राजकुमार ह्यारीले आजै गौँडाका विद्यार्थीसँग भलिबल समेत खेले ।

h4खेलमा फस्र्ट सटरको भूमिकामा रहेका ह्यारीको टिम २५–१९ ले विजयी भएको थियो ।

“राजकुमार राम्रो खेलाडी हुनुहुँदो रहेछ,’ ह्यारीका रेज बनेका विद्यार्थी टकबहादुर थापाले भने, “दिएका पास मिस गर्नुभएन ।”

h7विपक्षी टिममा गोर्खा वेयलफेयर ट्रष्ट लमजुङका प्रमुख विपक्षी टिमबाट खेलेका थिए भने अन्य खेलाडी विद्यार्थी थिए । उनले खेलमा हुटिङ गर्न दर्शकलाई बारम्बार प्रोत्साहन समेत गरेका थिए ।

h8पाँचदिने नेपाल भ्रमणका क्रममा राजधानी, बर्दिया हुँदै घना गुरुङ बस्तीको सो गाउँमा सोमबार पुगेका ह्यारीले नेपाली लोकसंस्कृति र परम्परानुसार नै खुशियाली साटासाट गर्दै नेपालीको मन जित्न सफल भए ।

h9दुई दिन गौँडा बसाई पछि नेपाली सेनाको हेलिकप्टरबाट पोखरा फर्कने बेला गोर्खा वेयलफेयर स्किम लमजुङका प्रमुख क्याप्टेन बालकृष्ण गुरुङलाई उनले भने, “सोँचे भन्दा राम्रो र सुन्दर । थ्याङ्क यु । वेल डन ।”

बर्दियामा जलयात्रा, घरबास र वन्यजन्तु अवलोकनपछि हेलिकप्टरमा लमजुङ पुगेका ह्यारी एक घन्टाको पैदलयात्रा गरी सोमबार साँझ नेपाली खानपिन र गुरुङ जातिको सांस्कृतिक कार्यक्रममा सहभागी भएका थिए ।

नेपाली गोर्खा सैनिकसँग रहेर अफगानिस्तानमा काम गरेका ह्यारी उनीहरुको वीरता, साहस र बहादुरी देखेर विशेष आकर्षित छन् ।

तस्वीर: रासस

तस्वीर: रासस

वन्यजन्तु, पर्यावरण र परोपकारप्रति विशेष रुचि राख्ने ह्यारी हिमाल, प्राकृतिक दृश्यावलोकन र पदयात्राका समेत सौखिन हुन् ।

ह्यारी लमजुङमा होली खेलेर आजै बिहान पर्यटकीय नगरी पोखरा प्रस्थान गरेका छन् । त्यहाँ उनले गोर्खा ब्रिटिस क्याम्पको भ्रमण गर्ने कार्यक्रम छ ।

शब्द/तस्वीर: युवराज श्रेष्ठ, लमजुङ्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>