थप समाचारमंगलबार, चैत्र ९, २०७२
दुईतिर जागिर खाने तीन शिक्षक बर्खास्त
एकै समयमा दुईतिर जागिर खाइरहेका झापाका तीनजना शिक्षकको नियुक्ति बदर गरिएको छ ।
झापा भद्रपुरको भद्रपुर उच्च माध्यमिक विद्यालय र महेशपुरको अरनिको उच्चमाविमा कार्यरत ती शिक्षकलाई बर्खास्त गरिएको जिल्ला शिक्षा अधिकारी डिल्लीराम लुइँटेलले जानकारी दिए ।
नियुक्ति बदर भई बर्खास्तमा परेका शिक्षकमा भद्रपुर उच्चमाविका सागर दाहाल, चैतन्यप्रसाद खरेल र अरनिको उच्चमाविकी सिर्जना शर्मा रहेका छन् ।
खरेल भद्रपुरको एमरल्ड एकाडेमीमा समेत कार्यरत छन् । दाहाल भने बिर्तामोडको एउटा सहकारी संस्थामा र शर्मा बिर्तामोडकै बुद्ध स्मृति बोर्डिङ स्कूलमा कार्यरत रहेको अनुगमनमा पाइएपछि चैत्र ८ गतेदेखि लागू हुने गरी बर्खास्तमा परेका हुन ।
उनीहरु तीनैजना दुई महिनाअघि बिद्यालय ब्यवस्थापन समितिद्वारा नियुक्त शिक्षक थिए ।
जिशिकाले उनीहरुलाई बर्खास्त गर्नका साथै उनीहरुले फागुन पहिलोसाता पाएको नियुक्ती नै बदर गरिदिएको छ ।
उनीहरुले तलब भने एकपटक पनि बुझेका थिएनन् ।
गोपाल गडतौला, झापा