समाचारबुधबार, चैत्र १०, २०७२
चीनसँगको सम्झौता कसैविरुद्ध कार्ड प्रयोग होइनः प्रम ओली
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र नपालबीच पारवहन यातायात सम्झौता हुनु ठूलो उपलब्धि भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीको सम्मानमा ९ चैत साँझ बेइजिङस्थित नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोज अघि आयोजित पत्रकार सम्मेलनमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिंदै उनले पारवहन यातायात सम्झौता भूपरिवष्ठित नेपालको आवश्यकता भएको भन्दै यो सम्झौता कसैप्रति लक्षित नभएको बताए ।
भारतको नाकाबन्दी र त्यसपछि हालै कोलकाता बन्दरगाहामा केही समय अवरोध आएपछि नेपालले अर्को विकल्पका लागि चीनसँग सम्झौता गरेको भन्ने टिप्पणीहरुका माझ प्रधानमन्त्री ओलीले यो सम्झौता कुनै राष्ट्रविरुद्ध अर्को राष्ट्रको कार्ड प्रयोग गरिएको नभई मुलुकको अधिकतम हितका लागि गरिएको इमान्दार प्रयास भएको बताए ।
उनले भारत र चीनसंगको सम्बन्धलाई नेपालले सन्तुलनमा राख्दै आएको र त्यसलाई भविष्यमा पनि निरन्तरता दिइने बताएका थिए ।
ओलीले नेपाल एशियाली पूर्वाधार बैंकको सदस्य भएकाले सो बैंकको क्षमतालाई पूर्ण उपयोग गरी नेपालमा पूर्वाधारको निर्माण गर्ने बताए ।
नेपालमा पर्यटनको सम्भावनावारे एक चिनियाँ पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले नेपाल प्राकृतिक रुपमा सुन्दर, हिमशिखर, ताल र नदीको देश भएको साथै हिन्दू र बौद्ध दुवै धर्मका अनुयायीका लागि पनि आस्थाको केन्द्रविन्दु भएको उल्लेख गरे ।
उनले चिनियाँहरुलाई बुद्धको जन्मस्थल लुम्बिनीमा सजिलै भ्रमण गर्न सकिने भन्दै नेपाल घुम्न आउन आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
