समाचारआइतबार, मंसिर १७, २०६९

स्व. तामाङको बौद्ध परम्पराअनुसार अन्त्येष्टी

सञ्जीव शर्मा

स्व. भीमबहादुर तामाङ

स्व तामाङको पार्थिव शरीरलाई लामा गुरुले दागबत्ती दिएका थिए भने तामाङका छोरा दीपकले सहयोग गरेका थिए । बौद्ध परम्पराअनुसार शवलाई चितामा राखेपछि अवतारी लामाले मन्त्र उच्चारण गरेर पूजापाठ गर्दै लामागुरुबाट दागबत्ती दिइन्छ र त्यसको सहयोगी मृतकको छोरालाई राख्ने प्रचलन छ ।

परम्पराअनुसार शवलाई चितामा राख्नुअघि अग्निज्वालाको शान्ति पूजा गरिएको थियो । स्वर्गीय तामाङका आफन्तका अनुसार अन्त्येष्टीको ४९ दिनसम्म लगातार पूजापाठ गरी अस्तु धातु ४९ औँ दिनमा सेलाइने छ ।

अन्त्येष्टी कार्यक्रममा नेपाली कांग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंहसहितका केन्द्रीय नेता, कार्यकर्ता र शुभेच्छुकहरुको उल्लेख्य सहभागिता थियो ।

यसअघि स्व तामाङको पार्टी केन्द्रीय कार्यालय सानेपादेखि अन्त्येष्टीस्थल स्वयम्भूसम्म शवयात्रा गरिएको थियो । स्व तामाङको शव बल्खु, कलङ्की हुँदै स्वयम्भूमा पुर‍्याइएको थियो ।

नेपाली काँगे्रसले आजदेखि तीन दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने र १३औँ दिनको पूण्यस्मृतिमा देशभर श्रद्धान्जलि कार्यक्रम गर्ने जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>