Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ब्रसेल्स आक्रमणमा दाजुभाइ, तेस्रोको खोजी - Himalkhabar.com

थप समाचारबुधबार, चैत्र १०, २०७२

ब्रसेल्स आक्रमणमा दाजुभाइ, तेस्रोको खोजी

हिमालखबर

बेल्जियमको राष्ट्रीय प्रसारक आरटीबीएफका अनुसार राजधानी ब्रसेल्सस्थित विमानस्थलमा बम विष्फोट गराउने मध्येका दुई जना दाजुभाई रहेको पुष्टी भएको छ ।

brussels_attack_suspect_640x360_afp_nocreditसंदिग्ध तीन जनामध्ये दाजुभाई ख़ालिद र ब्राहीम अल-बक्रवीको पहिचान भएको र अर्को एकजनाको खोजी भइरहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । आरटीबीएफका अनुसार यि दुबै दाजुभाइका बारे प्रहरीलाई पहिलेदेखि नै थाहा थियो ।

सीसीटीवी क्यामरामा देखिएको तेस्रो व्यक्तिको तस्वीर बेल्जियम प्रहरीले जारी गरेको छ । उसको नाम नाजिम लाचरवी रहेको बताइएको छ । केही महिनाअघि भएको पेरिस आक्रमणका सम्बन्धमा बेल्जियम प्रहरीले नाजिमको खोजी गरिरहेको थियो ।

हिजो ब्रसेल्स विमानस्थल र मेट्रो स्टेशनमा भएको विष्फोटमा ३४ जनाको मृत्यु भएको थियो भने २५० घाइते भएका थिए ।

आतंकवादी संगठन इस्लामिक स्टेटले आक्रमणको जिम्मेवारी लिएको छ ।

ब्रसेल्समा छापामारीका क्रममा प्रहरीले किल्ला र रासायनिक पदार्थले भरिएको एक विस्फ़ोटक डिवाइस र इस्लामिक स्टेटको झंडा बरामद गरेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>