समाचारबुधबार, चैत्र १०, २०७२

ल्हारक्याल लामा धरौटीमा छुटे

हिमालखबर

lyarkyarवैदेशिक रोजगारीमा ठगी आरोपमा पक्राउ परेका एमाओवादी सांसद ल्हारक्याल लामा रु ३० लाख धरौटी राखेर छुटेका छन् ।

प्रहरीले वैदेशिक रोजगार विभागमा ठगीसम्बन्धी मुद्दा चलाएका लामालाई विभागले रु ३० लाख धरौटीमा रिहा गरेको हो ।

अकुत सम्पत्ति आर्जनको आशंकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेका लामाको इन्भेष्टमेन्ट बैंकमा रहेको लकरमा १४ थान गोली भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले ८ चैतमा उनलाई रू.६६ हजार ७५० धरौटी लिएर छाडे लगत्तै प्रहरीले फेरि वैदेशिक रोजगारमा ठगी गरेको आरोपमा पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>