समाचारबिहीबार, चैत्र ११, २०७२
ढलान भत्कँदा तीन विदेशीसहित ६ घाइते
उत्तरी धादिङको फूलखर्क गाविस–२ स्थित मण्डली उच्च माध्यमिक विद्यालयको निर्माणाधिन भवनको ढलानको फर्मा भत्कँदा तीन अस्ट्रेलियालीसहित ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । घाइते हुनेमा अस्ट्रेलियाली पिटर लेभी, एलेक्स मेलर र जर्ज ह्याण्डी रहेका छन् ।
त्यस्तै मूलपानी गाविस–५ बस्ने ५५ वर्षीय हरि थापा, फूलखर्क गाविस–५ बस्ने ४७ वर्षीय कृष्ण अधिकारी र फूलखर्क गाविस–२ बस्ने ३२ वर्षीय सुन्तु परियार छन् ।
घाइतेलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँको ग्रान्डी अस्पतालमा लगिएको धादिङका प्रहरी उपरीक्षक शरदकुमार खत्रीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
