थप समाचारबिहीबार, चैत्र ११, २०७२
अखिलको कार्यालय पुनः रातोघर नजिक सर्ने
लामो समय वामपन्थी विद्यार्थी संगठनको केन्द्रीय कार्यालय बागबजारमा रह्यो ।
तर, २०४६ को जनआन्दोलनका बेला अखिलको कार्यालय रहेको रातो घर बागबजार विस्तार गर्ने क्रममा भत्काइएपछि खशीबजारमा सरेको थियो ।
नेकपा एमाले निकट अखिलको केन्द्रीय कार्यालय पुनःबागबजारमा सार्ने तयारी गरिएको जनाइएको छ । अहिलेको कार्यालय साँघुरो र पार्किङको असुविधा भएपछि त्यहाँबाट नयाँ स्थानमा कार्यालय व्यवस्थापन भएको हो ।
महाधिवेशनबाट नविना लामाको नेतृत्वमा नयाँ कार्यसमिति चुनेसँगै नयाँ कार्यालय खोजिएको हो । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
