रमझमबिहीबार, चैत्र ११, २०७२
निर्देशक मेनुका
चलचित्र, नाटक, विज्ञापन आदिमा देखिने सम्पूर्ण दृश्य सामग्री व्यवस्थापनको जिम्मा कला–निर्देशकको हुन्छ। थैब, भक्तपुरकी मेनुका राई (२८) नयाँ कला–निर्देशक हुन्।
मेनुकाले गत वर्ष चलचित्र ‘सुन्तली’ मार्फत कला–निर्देशनमा हात हालेकी थिइन्। सिर्जना कलेज अफ फाइन आर्टस्मा स्नातक सकेर उनी एनिमेशन, ग्राफिक डिजाइनमा व्यस्त थिइन्। ‘मुखौटा’, ‘कालो पोथी’, ‘प्रेम गीत’ जस्ता चलचित्र र ‘र माइलो’ नाटकमा समेत कला निर्देशकको जिम्मेवारी सम्हालेकी उनी भन्छिन्, “निर्देशन थालेपछि अरू काम छोडें।”
चलचित्र र नाटकले कला निखार्न सघाइरहेको बताउने मेनुका ढिलै भए पनि कला निर्देशनको महत्व कदर गर्न थालिएकोमा दंग छिन्। “गर्न धेरै बाँकी छ, तर शुरुआतबाट असन्तुष्ट छैन”, उनी भन्छिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
