समाचारबिहीबार, चैत्र ११, २०७२

पौडेललाई संसदीय दलको नेता बनाउन देउवासँग आग्रह

हिमालखबर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउन पौडेल पक्षका नेताहरुले आग्रह गरेका छन् ।

सभापति देउवाको निवास बूढानीलकण्ठ पुगेर नेताहरु प्रकाशमान सिंह, डा रामशरण महतलगायतले पौडेललाई संसदीय दलको नेता बनाउन आग्रह गरेका हुन् ।

पौडेललाई संसदीय दलको नेता बनाउँदा पार्टीलाई सहमतिका आधारमा अगाडि बढाउन सजिलो हुने सिंह र महतको भनाइ थियो ।

उनीहरुको आग्रहलाई सभापति देउवाले सकारात्मक रुपमा लिँदै साथीहरुसँग सल्लाह गरेर निर्णय लिने जवाफ दिएको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

कांग्रेस संसदीय दलको निर्वाचन यही महिनाको तेस्रो हप्ता गर्ने तयारी भइरहेको छ ।

निर्वाचनका लागि नवनिर्वाचित केन्द्रीय कार्यसमितिले तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।

केन्द्रीय सदस्य रमेश रिजालको संयोजकत्वमा रहेको समितिको सदस्यमा केन्द्रीय सदस्यद्वय सुरेन्द्र पाण्डे र गुरुराज घिमिरे छन् ।

समितिले यसै हप्ता बैठक बसेर निर्वाचनको मिति घोषणा गर्ने समितिका सदस्य पाण्डेले जानकारी दिए ।

व्यवस्थापिका–संसद्को आधिकारिक वेबसाइटका अनुसार कांग्रेसका अहिले १९८ जना सांसद छन् । तीमध्ये १०६ जना प्रत्यक्ष निर्वाचित सांसद हुन भने ९२ जना समानुपातिक तर्फबाट सांसद हुन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>