समाचारबिहीबार, चैत्र ११, २०७२

जथाभाबी कर्मचारी नियुक्ति नगर्न आग्रह

हिमालखबर

लोक सेवा आयोगले आफ्नो परामर्श लिएर मात्र सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थालगायत क्षेत्रमा पदपूर्ति गर्न आग्रह गरेको छ ।

११ चैतमा काठमाडौंमा आयोजित पकार सम्मेलनमा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक प्रावधान अनुरुप सार्वजनिक संस्थाको सेवा शर्त, बढुवा र विभागीय कारबाही तथा सुरक्षा निकायका कर्मचारीसम्बन्धी सामान्य सिद्धान्तको मस्यौदा बनी राय सुझाव सङ्कलनका क्रममा रहेकाले जथाभाबी कर्मचारी नियुक्ति नगर्न सुझाव दिए ।

प्रस्तावित लोक सेवा आयोग ऐन जारी नभएसम्म सार्वजनिक संस्थान, बैंक, परिषद्, समिति बोर्ड लगायत क्षेत्रमा पदपूर्तिका काम आयोगका प्रतिनिधिले सम्पूर्ण गोप्य प्रक्रिया पूरा गर्ने गरी पुनः सञ्चालन गरिएको छ ।

अध्यक्ष मैनालीले आयोगले दिएको प्रादेशिक लोक सेवा आयोगको प्रावधान लगायत विभिन्न सुझाव संविधानमा समावेश नगरिएकामा चिन्ता व्यक्त गर्दै प्रदेश कानुनानुसार गठन गरिने प्रावधानले निष्पक्ष भर्ना र छनोट हुन नसक्ने जिकिर गरे ।

दृष्टिविहीन परीक्षार्थीका लागि सहयोगी आवश्यक हुने विषयगत परीक्षाका लागि प्रतिघन्टा १० मिनेटका दरले समय थप गरिएको र उनीहरुलाई सोधिने परीक्षामा मूर्त र दृश्य चित्र हटाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>