समाचारबिहीबार, चैत्र ११, २०७२

साझा यातायातले अपाङ्गमैत्री ३० बस थप्ने

हिमालखबर

साझा यातायातले काठमाडौंमा ३० वटा ठूला बस थप गर्ने भएको छ ।

sajha_yatayatकाठमाडौं महानगरपालिकाको १० करोड शेयर सहयोगमा थप बस ल्याउन लागिएको साझा सहकारी लिमिटेडले जनाएको छ । यसका लागि भारतीय कम्पनी अशोक ले ल्याण्डका तर्फबाट गौरव कुमार र साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

१ वैशाख २०७० देखि काठमाडौंका तीन वटा रुटमा सेवा दिदै आएको साझा यातायातले गुणस्तरीय बस ल्याउन लागेको जनाएको छ । नयाँ बसहरुमा पहिले दिदै अाएकाे सेवाका साथै अपाङ्गमैत्री समेत हुनेछ ।

४० सीट क्षमताको बसमा एक सय जनासम्म उभिएर एकै पटक यात्रा गर्न सक्नेछन् । साझाले अहिले नयाँ बसपार्कदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म, नयाँ बसपार्कदेखि लगनखेलसम्म र लगनखेल बसपार्कदेखि बुढानिलकण्ठसम्म सेवा दिदै आएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>