थप समाचारशुक्रबार, चैत्र १२, २०७२
‘फर्च्यून’ विश्वका महान नेताको सूचीमा केजरिवालदेखि सू चीसम्म
अमेरिकी पत्रिका ‘फर्च्यून’ले विश्वका ५० ‘महान नेता’हरुको सूची प्रकाशित गरेको छ ।
पत्रिकाका अनुसार विश्वका ५० महान नेतामा जर्मनीकी चान्सलर एंगेला मर्केल, वर्माकी नेतृ आङ सान सू ची देखि भारतका अरविन्द केजरिवाल र भूटानका प्रधानमन्त्री छिरिङ तोग्बेसम्म छन् ।
‘फर्च्यून’ले ‘महान नेता’ को पहिलो नम्बरमा अमेरिकी कम्पनी अमेज़नका कार्यकारी अध्यक्ष जेफ़ बेज़ोसलाई राखेको छ । उनले यौनिक अल्पसंख्यकहरुका लागि इन्डियाना राज्यको कानून परिवर्तन गराउन सफल भएकोे, कम्पनीले दिने पारिश्रमिकमा लैंगिक विभेद अन्त्य गरेको जस्ता कार्यहरु‘फर्च्यून’ले उल्लेख गरेको छ ।
जर्मनी की चान्सलर एंगेला मर्केल दोस्रो स्थानमा छिन् भने म्यान्मारमा सैन्य शासन अन्त्य गर्दै ५० वर्षमा पहिलो पटक गैर सैनिक राष्ट्रपति चयनका लागि आम निर्वाचन गराउन सफल भएको भन्दै म्यान्मारकी नेतृ आङ सान सू चीलाई तेस्रो स्थान दिइएको छ ।
यो सूचीमा १० औं नम्बरमा बांग्लादेशकी प्रधानमन्त्री शेख हसिन छिन् भने दिल्लीका मुख्यमंत्री अरविन्द केजरीवालको नाम ४२ औं स्थानमा छ ।
त्यसैगरी भूटानका प्रधानमन्त्री छिरिङ तोग्बे सूचीको अन्तिम ५० औं स्थानमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
