समाचारशुक्रबार, चैत्र १२, २०७२
वीरगञ्जमा तनाव, दाहालविरुद्ध प्रदर्शन
वीरगञ्जमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध प्रदर्शनमा उत्रिएका राष्ट्रिय मधेश समाजवादी पार्टीका नेता राजेशमान सिंह लगायत १० जना पक्राउ परेका छन् ।
आज, १२ चैतदेखि शुरु हुन लागेको दोस्रो वीरगञ्ज महोत्सव तथा व्यापार मेलाको उदघाटनका लागि यहाँ आउँदै गरेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको विरोधमा प्रदर्शनमा उत्रिएका मधेश केन्द्रित दलका नेता–कार्यकर्ताहरुलाई प्रहरीले घण्टाघरबाट पक्राउ गरेको हो ।
हिजो, ११ चैतमा मधेशी युवा गठबन्धनले समेत विरोध प्रदर्शन गर्दै अध्यक्ष दाहाललाई वीरगञ्जमा कुनै सभासम्मेलनमा भाग लिन नदिने बताएको थियो ।
दाहाल केही बेरमै काठमाडौंबाट सिमरा विमानस्थलमा ओर्लने र वीरगञ्ज आउने कार्यक्रम छ । अहिले वीरगञ्जको सुरक्षा व्यवस्था कडा पारिएको छ । यद्यपी घण्टाघर वरपर प्रदर्शन भने जारी नै छ ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
