थप समाचारशुक्रबार, चैत्र १२, २०७२
चेपाङ विद्यार्थीका लागि बैकुण्ठ दौडिने
मकवानपुरको हाँडीखोला–७, स्थित चेपाङ विद्यार्थीहरुको आर्थिक सहयोगार्थ धावक बैकुण्ठ मानन्धरले शान्ति दौड गर्ने भएका छन् ।
मानन्धरले नयाँ बर्षको अवसर पारेर काठमाडौंंको बौद्धदेखि चेपाङ प्राविसम्म दौडिने भएका छन् । दौडका क्रममा आर्थिक सहयोग संकलन गरिने आयोजक संस्था खास्टी नेवा पुचःकाठमाडौंले जनाएको छ ।
उक्त विद्यालयको भौतिक संरचना र शिक्षकका लागि आर्थिक सहयोग जुटाउन मानन्धरले दौडिने भएका हुन् । उक्त विद्यालयमा १२६ विद्यार्थी छन् ।
–सुरजकुमार भुजेल, मकवानपुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
