समाचारशुक्रबार, चैत्र १२, २०७२
चीनसँगको सम्झौतालाई बढी प्रचार गरियोः यादव
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले चीनसँग भएको सम्झौतालाई आवश्यकता भन्दा बढी प्रचार गरिएको बताएका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै नयाँ सम्झौता नगरेको बताए । उनले भने, “प्रधानमन्त्रीको खुबी देखेर चीनले सम्झौता गरेको होइन ।”
यादवले चीनसँग अझै धेरै सहयोग लिन सकिने बताए । “कति सहयोग लिने र कसरी सदुपयोग गर्ने भन्ने नेपाल सरकारको क्षमता हो”, यादवले भने ।
उनले आफ्नो माग पूरा नभए फेरि आन्दोलन चर्काउने चेतावनी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
