Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
दाहाल वीरगञ्जमा, १७ प्रदर्शनकारी पक्राउ - Himalkhabar.com

थप समाचारशुक्रबार, चैत्र १२, २०७२

दाहाल वीरगञ्जमा, १७ प्रदर्शनकारी पक्राउ

हिमालखबर

आज, १२ चैतदेखि शुरु हुन लागेको दोस्रोे वीरगञ्ज महोत्सव तथा व्यापार मेला उदघाटनका लागि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल वीरगञ्ज आइपुगेका छन् ।

birgunju_birodhउनको वीरगञ्ज आगमनको विरोधमा हिजैदेखि प्रदर्शन गरिरहेका मधेशकेन्द्रित दलका नेता कार्यकर्ताले दाहाललाई कालो झण्डा देखाएका छन् भने उनीहरुले विभिन्न स्थानमा बनाइएका स्वागतद्वार भत्काएका छन् । प्रदर्शनकारीमध्ये १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पर्सा प्रहरीका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार प्रहरीले राष्ट्रिय मधेश समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेशमान सिँह, सदभावना पार्टीकी नेतृ मुन्नी श्रीवास्तवसहित प्रदीप चौरसिया, रेखा साह, सुरेशमान सिँह, रोशन पटेल, बिट्टु सर्राफ, सुशील पटेल लगायतलाई नियन्त्रणमा लिएको हो ।

प्रर्दशनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गरेको लाठी चार्जबाट नेपाल सदभावना पार्टी पर्साका सचिव कृष्णा पटेल सामान्य घाइते भएका छन् ।

dahal_birgunjवीरगन्जको मुर्ली, घण्टाघर, आदर्शनगर, घडीअर्वा लगायतका चोकमा बिहानै देखि टायर बालेर प्रदर्शन भएको थियो । घण्टाघर चोकमा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको छ ।

वीरगन्जमा बिहानै देखि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

वीरगन्जको आदर्शनगर रंगशलामा द लिड इन्टरटेन्मेन्ट एण्ड एड्भरटाइजिंगले आयोजना गरेको महोत्सव २२ चैतसम्म चल्नेछ । महोत्सवको उदघाटन दाहाल गर्दैछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>