समाचारशुक्रबार, चैत्र १२, २०७२

मधेशकै लागि संघर्षरत छुः दाहाल

हिमालखबर

dahal1एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफू र आफ्नो पार्टी मधेशको हक–अधिकारका लागि संघर्षरत रहेको दाबी गरेका छन् ।

१२ चैतमा वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा दाहालले नेपाली कांग्रेस र एमालेसँग नमिल्दा संविधान नै नबनी प्राप्त सबै अधिकार गुम्ने खतरा भएकाले संविधान निर्माणका बेला सम्झौता गर्नु परेको बताए ।

उनले मोर्चाले अघि सारेको ११ बुँदे मागमध्ये जायज मागहरु पूरा गरिने भन्दै थपे, “दुई वटा मुख्य माग त संविधान संशोधनबाट पूरा भइसकेको छ, अन्य जायज मागहरु पनि सम्बोधन हुन्छन् ।”

उनले आफूलाई कालोझण्डा देखाउने काम हुनु वीरगञ्जकै लागि नराम्रो भएको दाबी गरे । आफू राजनीतिक कार्यक्रममा नभई वीरगञ्ज क्षेत्रकै व्यापार प्रवद्र्धनका लागि आएको भन्दै त्यसको विरोध गर्नु गलत भएको प्रतिक्रिया दिए ।

त्यसलगत्तै दहालले वीरगञ्ज आयोजित दोस्रो वीरगञ्ज महोत्सव तथा व्यापार मेला–२०७२ को उदघाटन गरेका छन् ।
यसअघि उनको वीरगञ्ज आगमनको विरोधमा मधेशकेन्द्रित दलहरुले प्रदर्शन गरेका थिए भने प्रहरीले १७ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>