समाचारशुक्रबार, चैत्र १२, २०७२

प्रधानमन्त्री ओलीसँग चिनियाँ उच्च अधिकारीको भेटवार्ता

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली, प्रम धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री कमल थापा चीनको नान्शान पार्कमा बिहीबार नेपाली पेभिलियन अगाडि । तस्वीर: रासस

प्रधानमन्त्री केपी शर्मा ओली, प्रम धर्मपत्नी राधिका शाक्य, उपप्रधानमन्त्री कमल थापा चीनको नान्शान पार्कमा बिहीबार नेपाली पेभिलियन अगाडि । तस्वीर: रासस

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग चाइना पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्सका नेताहरुले भेटवार्ता गरेका छन् ।

कन्फ्रेन्सका उपाध्यक्ष झेङ सिआओपिन, महासचिव झाओ जेनयोङ र सियानका उपगभर्नर यु यिन लिङलगायतका नेताहरुसँग सान्सी प्रान्तको सियानस्थित होटल साङ्ग्रिलामा भएको भेटवार्तामा दुई देशको आपसी सम्बन्ध र हितका साथै नेपालमा भूकम्पपछिको पुनःनिर्माणलगायतका विषयमा छलफल भयो ।

उक्त अवसरमा सियानका नेताहरुलाई प्रधानमन्त्री ओलीले नेपालमा हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन निमन्त्रणा गरे ।
चिनियाँ नेताले भूकम्पपछि नेपाललाई सान्सी प्रान्तले गरेको सहयोगका बारेमा जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले आजै सियानमा ऐतिहासिक तेरा कोट्टा सैनिक सङ्ग्रहालयको अवलोकन भ्रमण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।

यस्तै प्रधानमन्त्रीले आज सियानमा उद्योगी व्यवसायीको फोरमलाई सम्बोधन गर्ने र सियान मेडिकल युनिभर्सिटीको भ्रमण गर्ने कार्यक्रम छ ।

प्रेस सल्लाहकार दाहालका अनुसार प्रधानमन्त्री आज साँझ सियानबाट छेन्दु प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>