समाचारशुक्रबार, चैत्र १२, २०७२

चीनले दुईतिहाई नेपालीको अपमान गरेको महतोको अारोप

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीन सरकारले नेपालको संविधानलाई स्वागत गरेको प्रति सदभावना अध्यक्ष राजेन्द्र महतोले आपत्ति जनाएका छन् ।

काठमाडौंस्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महतोले नेपालका मधेशी, जनजातिमाथि नयाँ संविधान जबरदस्ती लादिएको भन्दै त्यस्तो संविधानलाई स्वागत गरेर चीनले नेपालका दुईतिहाई जनताको भावना माथि ठेस पुर्‍याएको आरोप लगाए ।

महतोले आफ्नै देशका बहुसंख्यक जनताले स्वीकार गर्न नसकेको संविधानको विदेशीबाट स्वागत गराउनुको कुनै अर्थ नहुने बताए ।

उनले कुनै देशले स्वागत गर्दैमा मधेशमा जारी आन्दोलन नरोकिने भन्दै प्रधानमन्त्रीको व्यवहार हेर्दा नेपालको संविधान विदेशीका लागि बनाएको जस्तो देखिएको दाबी गरे ।

उनले चीन सरकारको पछिल्लो कदमले मधेशी जनता थप आहत बनाएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>