समाचारशुक्रबार, चैत्र १२, २०७२

प्रमको चीन भ्रमण ऐतिहासिकः उपप्रम केसी

हिमालखबर

Chitra-b-KC1उपप्रधानमन्त्री चित्र बहादुर केसीले प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण ऐतिहासिकरुपमा सफल भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चीनसँग पारवाहन संझौता हुनुलाई उनले ऐतिहासिक सफलता भनेका हुन् । “यस्तो सम्झौताले अर्को छिमेकी देशमा भने खैलाबैला मच्चिएको छ,” केसीले भने ।

१२ चैतमा राष्ट्रिय जनमोर्चा निकट प्रगतिशिल पत्रकार संघको तेस्रो राष्ट्रिय भेलाको बुटवलमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘देखाउने खसी, ख्वाउने फर्सी’
सहकारी तथा गरिबी निवारणमन्त्री समेत रहेका केसीले नेपालका अधिकांश सहकारीहरुले ‘देखाउने खसी, ख्वाउने फर्सी’ भनेजस्तो ब्यबहार गरिरहेको बताए ।
बचत र क्रृण सहकारीका नाममा सहकारीहरुले पुराना साहु महाजनहरुले जस्तै चर्को ब्याज असुलेर गरिबलाई ठगिरहेको भन्दै उनले थपे, “सहकारीबाट ठगिएर गुनासो गर्न आउनेहरुको दिनदिनै भीड लाग्छ, हजारौं,लाखौं जनतालाई न्याय दिन नयाँ सहकारी ऐन ल्याउन खोजेको सत्तापक्षकै साथीहरुले अबरोध गरिरहेका छन् ।”

गरिबी निवारण मन्त्रालय नै गरिब

उनले गरिबी निवारण मन्त्रालय नै सबभन्दा गरिब भएको बताए ।

“सरकारले सुको पैसो दिंदैन तर, नाम गरिवी निबारण मन्त्रालय छ,” उनले भने, “पैसाजति कार्यकर्ता पाल्न र आफ्नो चुनाव क्षेत्रमा लैजान अन्य मन्त्रालयहरुमा छरिएको छ ।”
दीपक ज्ञवाली, बुटवल

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>